दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ५.८८ को अंकले बढेर १८८३ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजार बढेसँगै राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, आज सनराइज फोकस्ड इक्युटी, तारागाँउ रिजेन्सी, नेको इन्स्योरेन्स लगायतका अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।