नेप्सेमा थप २५ लाख ६९ हजार कित्ता बोनस शेयर सूचीकृत

७ जेष्ठ २०८०, आईतवार १६:०७

काठमाडौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको हो ।

कम्पनीको ८.५३४ प्रतिशत दरका कुल २५ लाख ६९ हजार २२० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*