प्रभु लाइफको तयारी अवस्थामा रहेको प्रधान कार्यालय बिक्रीमा
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तयारी अवस्थामा रहेको प्रधान कार्यालय बिक्रिमा राखेको छ । कम्पनीको प्रधान कार्यालय अन्य स्थानमा स्थानान्तरण गरिने सन्दर्भमा सो कार्यालयको आन्तरिक सजावट तथा त्यहाँ रहेका स्थिर सम्पत्तीहरु यथास्थितिमा बिक्रीमा राखेको एक सूचनामार्फत जनाएको छ ।
प्रभु लाइफ महालक्ष्मी लाइफसँग मर्जरमा जाने प्रक्रियामा अघि बढेपछि केन्द्रीय कार्यालय बिक्रीमा राखेको हो । सूचनामार्फत बैंक एवं वित्तीय संस्था, बीमा कम्पनी, सहकारी संस्था तथा अन्य कार्यालय प्रयोजनको लागि समेत उपयुक्त तथा तयारी अवस्थामा रहेको कार्यालय खरिद गर्न इच्छुक व्यक्ति र संघ संस्थालाई यथाशिघ्र खरिद गर्न चाहेको मूल्य सहितको प्रस्ताव यस प्रभु लाइफको प्रधान कार्यालय, प्रशासन विभागमा प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।