शाइन रेसङ्गा डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
८ जेष्ठ २०८०, सोमबार १६:२४
काठमाडौं । शाइन रेसङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेको पदमा कर्मचारी माग गरेको छ । बैकले आज एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनि पदमा केहि संख्याले कर्मचारी माग गरेको हो ।
बैकका अनुसार सो पदमा आवेदन दिनको लागि उम्मेदवारले प्रशासनिक, बैंकिङ्ग तथा बीमा, फाइनान्स, व्यवस्थापन संकायमा कम्तिमा ६० प्रतिशत माथि नतिजा प्राप्त गरी स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदबारले बैंकको वेवसाईट https://srdb.com.np/career मार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।