‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ: बैंकर्स संघ अध्यक्ष केसी

८ जेष्ठ २०८०, सोमबार १६:५५

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर अझै घट्ने बताएका छन् ।आज बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्सको आज बसेको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष केसीले बताए । ‘तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने ।

त्यस्तै, उनले बैंक वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको केसीले बताए । ‘बैंक तथा वित्तीय संस्थाको लागत बढ्दा नाफा पनि घट्दो क्रममा छ,’ उनले भने ।
उनले सरकारको खर्च बढ्दा निक्षेप बढ्ने आशा रहेको बताए । तरलता सहज अवस्थामा रहेको र कर्जाको तुलनामा निक्षेपको दर बढेको उनी बताउँछन् । ‘खराब कर्जा पनि अब कम हुने अपेक्षा छ, तेस्रो त्रैमासमा ३.०३ थियो,’ उनले भने ।

चालू पुँजी कर्जासम्बन्धी नीतिले आगामी वर्ष कर्जा विस्तार सुस्त हुने र सरकारी खर्च नबढ्ने तथा आर्थिक वृद्धि सुस्त हुने उनको अनुमान छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*