नेष्डो समृद्ध लघुवित्तद्वारा चार सदस्यको कर्जा मिनाहा

९ जेष्ठ २०८०, मंगलवार ११:२२

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना चार सदस्यको कर्जा मिनाहा गरिदिएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत रहि सोमवार डुम्रे शाखामा सम्पन्न वित्तीय साक्षरता कार्यक्रममा सदस्यहरुको कर्जा मिनाहा गरिदिएको हो ।

उक्त कार्यक्रममा विभिन्न मितिमा मृत्युवरण भएका शाखामा आवद्ध चार जना सदस्यहरुको तिर्न वाँकी कर्जा फिर्ता मिनाह गरिएको संस्थाका प्रबन्ध संचालक विश्व प्रकाश प्रसाईले बताए ।

संस्थालाई भुक्तानी गरिसकेको रकम, संस्थामा जम्मा भएको वचत रकम साथै नीजको हकवाला सदस्यलाई क्रिया खर्च वितरण गरिएको हो । स्वर्गिय सदस्यको नाममा वाँकी कर्जा मिनाह गरी पाउनुपर्ने रकम संस्थाका प्रवन्ध सञ्चालक विश्व प्रकाश प्रसाईले सम्वन्धित सदस्यको हकवालालाई सो कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् ।
यसरी कर्जा मिनाह भई थप रकम फिर्ता पाउनेहरुमा स्वर्गिय सदस्य हरीकला सारुका श्रीमान् वल वहादुर थापा मगर, सोममायाँ वि.क. का छोरा कृष वि.क., खरौटीमायाँ कुमालका श्रीमान शेर वहादुर कुमाल र फुलमायाँ कुमालका श्रीमान् हर्क वहादुर कुमाल रहेका छन् ।

हरिकलाको नामको ७५ हजार एक रुपैयाँ कर्जा मिनाह गरी उनले तिरेको साँवा २४ हजार ९ सय ९९ रुपैयाँ, संस्थामा बाँकी रहेको वचत २७ हजार ३ सय ७६ रुपैयाँ र क्रियाखर्च वापत १० हजार रुपैयाँ नीजका हकवाला श्रीमान वलवहादुर थापा मगरलाई हस्तान्तरण गरिएको छ ।

यसै गरी स्वर्गिय सोममायाँ वि.क.को नाममा रहेको १६ हजार ६ सय ६६ रुपैयाँ कर्जा मिनाह गरी नीजले तिरेको साँवा, वचत र क्रियाखर्च गरी ७ हजार १ सय १४ रुपैयाँ नीजको हकवाला छोरा कृष वि.क.लाई, स्वर्गिय खरौटीमायाँ कुमालको नाममा वाँकी २० हजार कर्जा मिनाहा गरी ४९ हजार ३ सय २८ रुपैयाँ नीजको हकवाला श्रीमान शेर वहादुर कुमाललाई र फुलमायाँ कुमालको नाममा रहेको १६ हजार ६ सय ६६ रुपैयाँ कर्जा मिनाह गरी अन्य रकम २० हजार ५ सय २३ रुपैयाँ नीजको हकवाला श्रीमान हर्क वहादुर कुमाललाई प्रवन्ध सञ्चालक प्रसाईले सोही समारोहमा हस्तान्तरण गरेका हुन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*