चार लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५१ दशमलव ३१ अंकले बढेर १९४२ को बिन्दुमा कायम भएको छ ।
आज शेयर बजार उच्च अंकले बढेसँगै चार कम्पनीको शेयरमा सर्किट लागेको छ । आज कालिका लघुवित्त, खप्तड लघुवित्त, आत्मनिर्भर लघुवित्त, सामुदायिक लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ । त्यस्तै, रिफर फल्स पावर, अजोड इन्स्योरेन्स लगायतका अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।