सिटिजन्स बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले रिक्त रहेका तीन पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
बैकले म्यानेजमेन्ट ट्रेनि र ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्याले कर्मचारी माग गरेको छ । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
इच्छुक उम्मेदवारले बैंकको वेवसाइट https://www.ctznbank.com/career/ मार्फत आवेदन दिन सक्नेछन् ।