श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन

१० जेष्ठ २०८०, बुधबार १२:५४

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो ।

कम्पनीको हालसम्म सूचीकृत ९८ लाख १६ हजार ८३२ कित्ता शेयरमध्ये साविक संस्थापक र सर्वसाधारण समुहको शेयर हिस्सा क्रमशः ५२.३२ र ४८.६८ प्रतिशतको अनुपातमा कायम रहेकोमा नेप्सेले कम्पनीको पत्रानुसार हाल ५१ र ४९ प्रतिशत अनुपातमा कायम गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको संस्थापक र सर्वसाधारण समुहको शेयर हिस्सा क्रमशः ५१ः४९ अनुपातमा कायम हुनेगरी संस्थापक समूहको २ दाख २७ हजार ७५० कित्ता शेयर जेठ १० गतेको निर्णयअनुसार सर्वसाधारण समूहमा अभिलेख राखी सोही समूहअन्तर्गत कारोबार हुन योग्य भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*