आगोलागीमा परेर उद्योग खरानी भयो, ज्योति विकास बैंकका कारण बीमा दावी भुक्तानी नपाउँदा पीडित सडकमा

रिना खत्री
११ जेष्ठ २०८०, बिहीबार १२:५१

काठमाडौं । सरकारले बैंकास्योरेन्स बन्द गरेको धेरै भइसकेको छ । तर, यसको विकृत रुपमा अझै देखिन छोडेको छैन । मोरङको पथरी शनिश्चरेमा रहेको ज्योति विकास बैंकले ग्राहकसँग बीमा बापतको शुल्क लिई बीमा कम्पनीमा भने शुल्क नबुझाएर ठगी गरेको पीडित मोरङ शनिश्चरेकी सुनिता दाहाल भण्डारीले लगाएकी छिन् ।

भण्डारीको उद्योगमा २०८० बैशाख ३० गते आगोलागी भएको थियो । आगोलागीमा उद्योग पूर्ण रुपमा नष्ट भएपछि बैंकमार्फत बीमाको कागजात मागेर बीमा कम्पनीमा जाँदा बैंकले बीमा शुल्क लिएर बीमा कम्पनीमा भुक्तानी नगरेको पत्तो लागेको पीडितको गुनासो छ ।ऋणीको अनिवार्य बीमा अन्तर्गत शुल्क लिई बीमा कम्पनीमा भुक्तानी नगरेपछि बीमित र बैंकबीचमा विगत एक सातादेखि परिरहेको लफडा अझै हल भइसकेको छैन । पीडित भण्डारीका अनुसार बैंकले बीमा शुल्क लिएर बीमा कम्पनीमा शुल्क नबुझाएको कारण समस्या उत्पन्न भएको हो ।

पाँच बर्ष अघि पहिलो महिला उद्यमी कर्जा लिएको सुनिताले २०७७ चैत्रमा पसल धितोराखि १० लाख महिला उद्यमी कर्जा लिएकी थिईन् । सो कर्जा महिलाको नाममा सहुलियतपूर्ण कर्जा थियो । नेपाल राष्ट्र बैंकको नियम अनुसार सहुलियतपूर्ण कर्जाको बीमा अनिवार्य गरिएको छ । चालु आवको बजेटमै पनि यस सम्बन्धी व्यवस्था छ । तर, ज्योति विकास बैंकले उक्त कर्जाको बीमा नविकरण नगराएर गम्भिर त्रुटी र नियामकीय त्रुटी समेत गरेको भेटिएको छ ।
विवादकै कारण स्थानीयबासीले ज्योति विकास बैंकका कर्मचारीहरुलाई चार घण्टाभन्दा थुनेर तत्काल समस्या समाधान गर्न चेतावनी दिएका छन् । एक सातासम्म चलेको विवाद पथरी उद्योग वाणिज्य संघ ईलाका प्रहरी कार्यालय पथरी, पीडित र स्थानिय व्यापारीबीचको वार्ता केन्द्रीय टोली आएर वार्ता गरी समस्याको समाधान निकाल्ने सहमति भएपनि अझै समाधान भइसकेको छैन ।

सामान्य ग्रिल व्यवसाय गर्दै आएका पीडित भण्डारीको ग्रिल पसलमा आगो लागेर सबै ध्वस्त भएपछि बीमा दावी भुक्तानी माग्न जाँदा बीमा शुल्क बैंकले बुझेको तर, बीमा कम्पनीलाई बुझाएर नविकरण नै गरेको खुलेको छ । बैकले सुरुमा ऋणीको सुरक्षाको लागी ग्रिल उद्योगको बीमा गराएको बैंकले बीमा नविकरण नगरेपछि समस्या उत्पन्न भएको प्रारम्भिक रुपमा देखिएको छ । बैंकको निर्देशनमा ऋणीले उद्योग र श्रीमतीको लोन ट्रम बीमा गराएका थिए । नियमित कर्जा तिर्दै आएका भण्डारीको ज्योति विकास बैकले उद्योगको मात्र होईन व्यक्तिको समेत जबर्रजस्ती बीमा गराएको खुलेको छ । बैंकका कर्मचारीले बीमा कम्पनीसँग मिलेर जीवन बीमा समेत गराउन भ्याएका बैंकका कर्मचारीहरुले ऋणीले बीमा शुल्क बापत बैंकमा बुझाएको रकम बीमा कम्पनीमा बुझाउन बिर्सेको हुनसक्ने बैंक स्रोतको भनाई छ ।

 

बीमाको पैसा तिरेको तर बीमा कम्पनीमा नतिरिएको भेटिएपछि उत्पन्न विवाद मिलाउन पटक पटक छलफल भए पनि निश्कर्षमा नपुगे पछि ब्यापारीले ४ गते बैंकका कोसी प्रदेश प्रमुख राजेस सुवेदी रोशन थापा सहित ४ जना कर्मचारीलाई उद्योग वाणिज्य संघको कार्यलयमा ब्यापारीहरुले थुनेका थिए । नियमित कर्जा तिर्दै आएका भण्डारीले ४ लाख ९० हजार क्षति दाबी गरेका थिए । यो घटनासँगै ज्योति विकास बैंकका शाखा प्रमुखले राजिनामा दिइसकेका छन् । ठूलै लफडामा पर्ने देखेपछि शाखा प्रमुख राजिनामा दिएर भागेको जनाइएको छ ।

उद्योग जलेर नष्ट भए पछि बीमा भुक्तानी दाबी गर्न बैंक जादा भण्डारीले बीमा नभएको जानकारी पाएपछि उनी आक्रेशीत भएका थिए । बैंकाले उद्योगको बीमा नविकरण नगरिदिएका कारण ऋणीले बीमा भुक्तानी नपाउने अवस्था सिर्जना भएको छ ।

भण्डारीमाथि परेको अन्यायको सम्बन्धमा मोरङ उद्योग बाणिज्य संघकै नेतृत्वमा आन्दोलन भइरहेको छ । बैकका कर्मचारी र इन्स्योरेन्स कम्पनीको मिलेमतोमा ब्यापारी ठगेको भन्दै बैकविरुद्धमा नारावाजी हुँदै आएको छ ।
पथरी शनिश्चरे १ मा पथरी गृल वर्कसपका संचालन गर्दै आएका भण्डारीले बैंकमा उद्योग धितो राखेका थिए । उद्योग नै आगोलागीमा परी जलेर नष्ट भएपछि दाबीको लागि बैंक पुगेका सुनिता र उनको श्रीमान्लाई बैंकले तपाईले किन बीमा नगरेको भन्दै उल्टै हप्की दप्की लगाएका थिए ।

 

उक्त ऋण लिदा बैकले सुरक्षाको लागी उद्योगको बीमा गराउने गर्दछ । तर ज्योति विकास बैकले उद्योगको मात्र होईन व्यक्तिको समेत जबर्रजस्ती बीमा गराएको पाइएको छ ।भण्डारीको ऋणमा बैकले बार्षिक सात हजार रुपैयाँ बीमा शुल्क असुल गरेको पीडित सुनिता भण्डारीको दावी छ । पसल जलेर नष्ट भएका भण्डारीलाई बैकका कर्मचारीले बीमा दावि गर्न पाउनुहुन्न, तपाईकी श्रीमती मरेको छैन भन्ने जवाफ दिएपछि झनै तनाव बढ्न गई बैंकका कर्मचारीलाई नै थुनेका थिए ।

 

पटक पटक छलफल भए पनि निष्कर्षमा नपुगे पछि जेठ ४ गते बैंकका कोशी प्रदेश प्रमुख राजेस सुवेदी रोशन थापा सहित ४ जना कर्मचारीलाई उद्योग वाणिज्य संघको कार्यलयमा ब्यापारीहरुले थुनेका थिए ।उता, सो घटनाको सम्बन्धमा ज्योति विकास बैंकले मिस अण्डरस्ट्याण्डिङ मात्रै भएको दावी गरेको छ । बैंकका सिईओ श्रीचन्द्र भट्टले भने, ‘मैले हेरेको छैन । बैंकले बीमा शुल्क लिने कुरै हुन्न । ऋणीहरु आफैले बीमा पोलिसी नविकरण नगरेकाले दावी भुक्तानी नपाउने अवस्था आएको रहेछ । बीमा गर्ने काम सम्बन्धित ऋणीकै हुन्छ । बीमाको पैसा बैंकले भुक्तानी गर्दैन । हामीले त्यही भन्दै आएका छौं ।’

One thought on “आगोलागीमा परेर उद्योग खरानी भयो, ज्योति विकास बैंकका कारण बीमा दावी भुक्तानी नपाउँदा पीडित सडकमा

  1. यतिराज अधिकारी says:

    ब्यक्ती होस सस्था आफुले गरेको कार्यको जिम्बेवारी आफुले लिनु पर्छ नागरिक ठग्न पाईन गलत प्रबृती बन्द गरौ एसको क्षेती पुर्ती जो सङ्गलन छ उसैबाट पुर्ताल गरौ थिती बसाउ बिस्वासको वातावरण बनाउ नत्र जन्ताले आगो लाउनेछन होसियार

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*