मानुषी लघुवित्तको वार्षिक साधारणसभा जेठ ३२ मा, बुकक्लोज कहिले ?

११ जेष्ठ २०८०, बिहीबार ०९:३२

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकको निर्णयले सभा जेठ ३२ गते भक्तपुरको लोकन्थलीस्थित दिव्यश्वरी पार्टी प्याले एन्ड क्याटरिङ सर्भिसमा आह्वान गरेको हो । सो सभा बिहान १०ः३० बजेबाट हुनेछ ।

सभाले प्रबन्धपत्र र निमायवलीमा नियमनकारी निकायबाट संशोधन वा परिवर्तन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गरिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

सभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया तथा कार्य गर्ने अख्तियारी पूर्ण रुपमा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै, सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले यही जेठ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ यही जेठ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*