यो साता कुन लघुवित्तका शेयरधनीले कति कमाए ?, यी हुन् दोस्रो बजारमा उच्च शेयरमूल्य रहेका एक दर्जन संस्था (एलटीपीसहित)

११ जेष्ठ २०८०, बिहीबार १६:०८

काठमाडौं । यस साता लघुवित्त उपसूचक २.११ प्रतिशतले बढेर क्लोज भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा अंकुश लगाइदिएपछि निरन्तर घट्न थालेको लघुवित्त संस्थाहरुको शेयरमूल्य केही दिनयता फेरी बढ्न थालेको छ ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त संस्थाहरुको शेयरमूल्य अन्य कम्पनीको तुलनामा बढी हुन्छ । हाइड्रोपावर, बैंक, बीमा कम्पनी तथा अन्य कम्पनीहरुको धितोपत्र दोस्रो बजारमा शेयर संख्या बढी भएको कारण शेयरमूल्य कम हुन जानु स्वभाविक नै हो । लघुवित्त संस्थाहरुको चुक्तापुँजी र शेयर संख्या नेप्सेमा कम हुँदा माग बढ्न जान्छ, सो अनुसार लघुवित्त संस्थाहरुको शेयरमूल्य माग बढेबमोजिम शेयरमूल्य पनि बढ्न जान्छ ।

शेयरमूल्य बढेसँगै लगानीकर्ताहरुको लघुवित्त संस्थाहरुप्रति आकर्षण बढी देखिन्छ । साथै अन्य कम्पनीहरुको तुलनामा लघुवित्तहरुले आफ्ना शेयरधनीहरुलाई पनि राम्रै लाभांश वितरण गर्ने भएकाले पनि दोस्रो बजारमा लघुवित्त संस्थाहरुको शेयरप्रति लगानीकर्ताहरु आकर्षित देखिन्छन् ।

गत जनवरी महिनामा ५ हजारको विन्दुमा रहेको माइक्रोफाइनान्स इन्डेक्स त्यसलगत्तै घटेर मे १४ सम्ममा लघुवित्त उपसूचक ३२ सयको विन्दुमा कायम हुन पुगेको थियो । बैंकहरुको कर्जाको ब्याजदर घट्ने संकेत देखिएपछि शेयरबजारमा एकाएक आक्रामक सुधार देखिन थालेपछि माइक्रोफाइनान्स इन्डेक्स समेत मे २२ देखि निरन्तर बढ्न थालेको नेप्सेको चार्टमा देखिएको छ । माइक्रोफाइनान्स इन्डेक्स यतिबेला ३६१२ को विन्दुमा कायम भएर मार्केट क्लोज भएको छ ।

बुधबार शेयरबजार बन्द हुनुभन्दा अघिसम्म अधिकांश लघुवित्त संस्थाहरुको शेयरमूल्य बढेको देखिएको छ । शेयरबजारमा सो दिन आत्मनिर्भर लघु्वित्तको शेयरमा सकारात्मक सर्किट नै लागेको थियो ।

साथै स्वाभिमानको ६.५६ प्रतिशत, आरम्भ चौतरीको ५.९३ प्रतिशत, धौलागिरीको ५.४५ प्रतिशत, नयाँ सारथीको ४.९८ प्रतिशत, ग्लोबल आइएमईको ४.८७ प्रतिशत, नेष्डो समृद्धको ४.७४ प्रतिशत, समीटको ४.३७ प्रतिशत, मेरो माइक्रोफाइनान्सको ४.३ प्रतिशत अंक गरी सो दिन ४९ लघुवित्त सस्थाहरुको शेयरमूल्य बढेको छ ।

धितोपत्र दोस्रो बजारमा शेयरमूल्यमा हाबी भएका नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ४.७४ प्रतिशत अर्थात ९७ रुपैयाँले बढेर शेयरमूल्य २१५६ रुपैयाँ पुगेको छ । साथै महिलाको १.७३ प्रतिशतले बढेर १८८७ रुपैयाँ पुगेको छ । साथै उपकार लघुवित्तको ०.६६ प्रतिशतले बढेर १८८७६ रुपैयाँ, जाल्पा सामुदायिकको १.९३ प्रतिशतले बढेर १५७९ रुपैयाँ ९ पैसा, आत्मनिर्भर लघुवित्तको १० प्रतिशतले बढेर १५०३ रुपैयाँ, सिवाइसी नेपालको शुन्य प्रतिशमा कायम रही १३४५ रुपैयाँ, युनिक नेपालको १.४४ प्रतिशतले बढेर १३३९ रुपैयाँ, नेशनल माइक्रोफाइनान्सको २.९७ प्रतिशतले बढेर १२८२, सृजनशील लघुवित्तको १.७४ प्रतिशतले बढेर १२२५ रुपैयाँ, आदर्शको १.८३ प्रतिशतले बढेर १२२३ रुपैयाँ र फरवार्ड माइक्रोफाइनान्सको ३.९२ प्रतिशतले बढेर १२२० रुपैयाँ कायम भएको छ ।

 

लघुवित्त संस्थाहरुको अन्तिम कारोबार मूल्य सूची

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*