एक्सेल डेभलपमेन्ट बैंकले १.५ प्रतिशत प्रिमियममै ऋण दिने

११ जेष्ठ २०८०, बिहीबार १६:१७

काठमाडौं । बैंकहरूले कर्जा लगानी गर्न आकर्षक योजना ल्याउन थालेका छन् । बैंकहरूले अहिले घर कर्जा, विद्युतीय सवारी र सेयर कर्जामा आकर्षक योजना ल्याउन थालेका हुन् ।यसैक्रममा, एक्सेल डेभलपमेन्ट बैंकले ‘सजिलो सेयर कर्जा योजना ल्याएको छ । यस कर्जा योजना अन्तर्गत बैंकले बेसरेटमा १।५ प्रतिशत मात्रै प्रिमियम जोडर सेयर धितो कर्जा दिने भएको छ ।

वैशाख मसान्तको विवरण अनुसार बैंकको बेसरेट ११।९२ प्रतिशत रहेको छ । त्यसमा १।५ प्रतिशत प्रिमियम जोडर साढे १३।४२ प्रतिशत ब्याजदरमा सेयर कर्जा दिने भएको हो ।

बैंकका अनुसार छिटोछरितो प्रक्रियामार्फत सहजै ऋण दिइने छ । यो कर्जा योजना सीमित अवधि मात्र लागू हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*