समिट लघुवित्तको वार्षिक साधारण सभा स्थगित

१२ जेष्ठ २०८०, शुक्रबार १०:३५

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको १४ औँ बार्षिक साधाण सभा स्थगित भएको छ ।

संस्थाले आज एक सूचना प्रकाशित गर्दै विशेष कारणवश वार्षिक साधारणसभा स्थगित गर्नुपरेको जनाएको छ । संस्थाको जेठ ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।

संस्थाले आफ्नो वार्षिक साधारणसभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा यही जेठ ३० गते बिहान १०ः३० बजे डाकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*