नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो, स्वाप रेसियो तय
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सहमति भएको छ ।
दुबैसंस्था एकआपसमा मर्जर सम्बन्धी प्रयोजनका लागि नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली २०७३ को विनिमय ८ बमोजिम गरिएको दुबै संस्थाहरुको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) प्रतिवेदन बमोजिम आपसी सहमति अनुसार शेयर आदानप्रदान अनुपात १ः०.७३ रेसियो कायम गरिएको छ ।
जसमा नेशनल माइक्रोफाइनान्स लघुवित्तकोको १ कित्ता शेयर बराबर समीट लघुवित्तको ०.७३ कित्ता शेयर कायम गर्ने गरी सहमति भएको हो । सोपश्चात् संस्थाको जेठ ११ गते बसेको संचालक समितिको बैठकबाट संयुक्त मर्जर समितिको निर्णयअनुसार शेयर आदानप्रदान अनुपात १ः०.७३ कायम गर्ने निर्णय गरिएको छ ।