इन्फिनिटी लघुवित्तको अध्यक्षमा विष्णु कुमार घिमिरे चयन
१२ जेष्ठ २०८०, शुक्रबार १०:५७
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समिति परिवर्तन तथा हेरफेर भएको छ ।
संस्थाको जेठ ९ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार संस्थाका संचालक समितिको अध्यक्ष बलराम विष्ट र सदस्य रमेश कुमार कर्माचार्यले वैशाख १६ गते दिएको राजिनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत गरिएको छ ।
साथै उक्त बैठकबाट संचालक समितिको अध्यक्षमा संचालक विष्णु कुमार घिमिरे चयन भएको संस्थाले जनाएको छ ।