साधना लघुवित्तको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त
१२ जेष्ठ २०८०, शुक्रबार ११:३९

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्नेगरी दुवाल नियुक्त भएका हुन् ।
यसअघि संचालक समितिमा कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा बैंकका सहायक महाप्रबन्धक दुवाललाई मनोनयन गरिएको हो ।