विदेश जाने यात्रुलाई दवाव दिएर खाता खोलाउँदै सानिमा बैंक

१२ जेष्ठ २०८०, शुक्रबार १४:०६

काठमाडौं । सानिमा बैंकले आफ्नो व्यवसाय प्रबद्र्धन गर्न विदेश जाने यात्रुहरुसँग बार्गेनिङ गर्दै दवावमा बैंक खाता खोल्न बाध्य पार्ने गरेको खुलेको छ । विदेश जाने तयारीमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने डलर सटहीमा बैंकले खाता खोल्न, कार्ड लिन दवाव दिने गरेको खुलेको छ ।

बैंकको मुख्य आम्दानीको स्रोत मध्ये डलर कार्ड पनि एउटा हो । सानिमा बैंक यही डलर कार्डको व्यवसाय चम्काउन विदेश जाने यात्रुहरुको साहारा लिने गरेको भेटिएको छ । शुक्रबार उक्त बैंकको नक्सालस्थित काउन्टरमा पुग्दा विदेश जाने यात्रुलाई खाता खोल्न र डलर कार्ड लिन दवाव दिइरहेको भेटिएको छ ।

सानिमा बैंकले उपत्यकाभित्रका अन्य शाखा र केन्द्रीय कार्यालयमा डलर सटहीको लागि आउने जोसुकैलाई खाता अनिवार्य गरिएको बैंकका अधिकारीले स्वीकार गरेको छ ।
मुख्य शाखा कार्यालयकी प्रबन्धक प्रिती सिंहले ग्राहकलाई खाता खोल्न अनुरोध गर्ने गरेको स्वीकार गरिन्, ‘उनले भनिन्, हामीले अनुरोध गर्दा धेरैले मान्नु पनि हुन्छ । हाम्रो प्रडक्ट राम्रो भएकोले मन पराउनु हुन्छ ।’ डलर कम भएकोले मागेको जति दिन नसकेको बताईन ।

तर, उक्त बैंकमा पुगेका सेवाग्राहीहरुले भने शाखा प्रबन्ध प्रिती सिंहको व्यवहार प्रोफेशनल हुन नसकेको गुनासो गरेका छन् । एक पीडितले भने, ‘आजै ५ बजेको फ्लाईट थियो हिजो बन्द भएकोले नजिक पर्ने भएर सानिमा बैंक गएका थिए, मलाई २ः०० बजे एयरपोर्ट प्रवेश गर्नुथियो । म १०ः३० बजे बैंकमा प्रवेश गरेको थिए । ११ः२० बजेसम्म एक्सचेन्ज रेट नै नआएको जनाएर पछि खाता नखोलेकै कारण मागेको जति डलर दिएनन्, म रित्तै फर्किए ।
सेवाग्राहीले सानिमा बैंकका कर्मचारीको व्यवहार ग्राहक मैत्री नभई दुःख दिने नियतले काम गरेको गुनासो गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*