सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

१४ जेष्ठ २०८०, आईतवार १०:४०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका शेयरधनी केशव बोहराले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले संस्थापक शेयरधनी बोहराको नाममा रहेको १० हजार ७७३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्नका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट ३५ दिन भित्र आवेदन प्राप्त नभएकोले राष्ट्र बैंकको एकिकृत निर्देशन बमोजिम सो शेयरमा अन्य संस्था तथा व्यक्तिले पनि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्न इच्छुक जो कोहिले सूचना प्रकाशित मितिले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बालुबाटार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*