विपिडब्लु र सामुदायिक लघुवित्तबीचको मर्जर प्रक्रिया अघि बढ्यो

१४ जेष्ठ २०८०, आईतवार ११:०३

काठमाडौं । विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा गत पुष १ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्ष भएको थियो ।

यी दुबै कम्पनीले नेपाल राष्ट्र बैंकसमक्ष मर्जर सम्बन्धी विनियमावली, २०७३ अनुसार फागुन २९ गते दिइएको संयुक्त निवेदनमा कारबाही गरी नेपाल राष्ट्र बैंकबाट जेठ ३ गते सैद्धान्तिक सहमति प्रदान भएको हो ।

बनेपा–१४ काभ्रे केन्द्रीय कार्यालय भएको सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्तबीयच बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, को दफा ७१ र ७२ बमोजिम बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने समझदारी भएको हो । यी दुई संस्थाबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकलै सैद्दाान्तिक सहमति प्रदान गरेको छ ।

यी दुबै संस्थाको वार्षिक साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित भएपश्चात् संस्थाको जोखिम मूल्याङ्कन तथा सम्पत्ति विवरणसम्बन्धी मुल्याकंन पश्चात् स्वाप रेसियो तय हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*