दोस्रो बजारमा दुई वाणिज्य बैंकको शेयर सर्वाधिक खरिद माग

१४ जेष्ठ २०८०, आईतवार १२:००

काठमाडौं । साताको पहिलो दिन धितोपत्र दोस्रो बजारमा दुई वाणिज्य बैंकको शेयर सर्वाधिक खरिद माग गरिएको छ । शेयरबजार खुलेको केही समयमा नै नेपाल एसबिआई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडडको शेयर सर्वाधिक खरिद माग गरिएको देखिएको हो ।

यो समाचार तयार पार्दासम्म नेपाल एसबिआई बैंकको धितोपत्र १० जनाले २ लाख २६ हजार ७५७ कित्ता शेयर र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर १० जनाले १ लाख ७४ हजार ५७६ कित्ताका लागि माग गरिएको हो ।

पछिल्लो केही दिनयता शेयरबजारमा रौनकता छाउन थालेको छ । नेपाल बैंकर्स संघको कार्यसमितिको बैठकले बैंकहरुको कर्जाको ब्याजदर अझै घट्न सक्ने संकेत गरेपछि शेयरबजारमा एकाएक सुधार देखिन थालेको हो । साथै नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्स वितरण गरेका कारण पनि शेयरबजारमा थप सुधार देखिएको हो ।

शेयरबजारमा वाणिज्य बैंकहरु लगानीकर्ताहरुको रोजाइमा सर्वाधिक पर्ने गर्दछ । ‘लङ टर्म इन्भेष्टमेन्ट’ गर्नका लागि अक्सर लगानीकर्ताहरुको रोजाइमा वाणिज्य बैंकहरु नै बढी पर्ने गर्दछ । आइतबार शेयरबजारमा नेपाल एसबिआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर सर्वाधिक खरिद भएको देखिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*