आर्थिक सर्वेक्षण २०७९।८० बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएपनि वित्तीय पहुँच बढ्दै (पूर्णपाठसहित)

१४ जेष्ठ २०८०, आईतवार १७:५०

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९।८० को आर्थिक सर्वेक्षण तथा सार्वजनिक संस्थानहरुको कार्य प्रगतिको प्रतिवेदन सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

सार्वजनिक सर्वेक्षणअनुसार जीवन तथा निर्जीवा बीमा कम्पनीहरुको लगानीयोग्य रकम बृद्धि हुदै गइरहेको छ । आर्थिक वर्ष २०७९।८० को फागुनसम्म लगानीयोग्य रकम ६ खर्ब ८२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । कुल लगानीयोग्य रकममध्ये जीवन र निर्जीवन बीमाको अंंश क्रमशः ८४.७ प्रतिशत र १५.३ प्रतिशत रहेको छ ।

साथै सार्वजनिक सर्वेक्षणअनुसार करको दायरामा समेत विस्तार हुँदै गएको छ । २०७९ फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ५३ लाख ४१ हजार १७८ पुगेको छ । साथै सो अवधिसम्म औसत उपभोक्ता मुद्रास्फिति ७.९३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिसम्म यस्तो मुद्रास्फिति ५.५३ प्रतिशत रहेको थियो ।

आज सार्वजनिक भएको सर्वेक्षणअनुसार वित्तीय पहुँच निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरुमा मर्जर तथा प्राप्तिमार्फत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको संख्या घट्दै गएपनि शाखा विस्तार र वित्तीय पहुँच बढ्दै गएको छ । डिजिटल माध्यमबाट बैकिङ्ग कारोबार गर्ने प्रवृत्ति पनि बढ्दै गएको देखिएको छ । क्युआर कोडमार्फत गरिने भुक्तानीमा समेत बढोत्तरी भएको छ, भने विद्युतीय भुक्तानीका अन्य उपकरणमार्फत हुने कारोबारमा समेत बढोत्तरी भएको छ ।

पहिल्ला महिनाहरुमा बैकिङ्ग प्रणालीको तरलतामा उल्लेख्य सुधार भएको छ । यसैगरी ब्याजदर पनि घट्ने क्रममा रहेको छ ।

 

७९८०-आर्थिक-सर्वेक्षण-पाठ्यवस्तु-मात्र

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*