आरएसडीसी लघुवित्तले केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने
१६ जेष्ठ २०८०, मंगलवार १०:३७
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण हुने भएको छ । संस्थाले प्रधान कार्यालय स्थानान्तरण गर्नका लागि घर बहाल आवश्यक रहेको जनाएको छ ।
हाल रजिष्टार्ड कार्यालय बुटवल १० कालिकानगर, रुपन्देहीमा रहेकोमा संस्थाले सो स्थानबाट कार्यालय स्थानान्तरण गर्नका लागि घर बहालमा लिने भएको हो ।
संस्थाले बुटवल उप महानगरपालिका वडा नं. १० भित्र पर्ने सिद्धार्थ राजमार्ग देखि पूर्व तर्फ योगीकुटी चोकदेखि राजमार्ग चौराहा क्षेत्रभित्र मुख्य वा सहायक मार्गमा मोहडा पर्ने गरी कार्यालय खोजको छ ।
उक्त स्थानमा घर रहेका घरधनीहरुले संस्थाले तोेकेको शर्तहरु पालना गरी १५ दिनभित्र विवरण स्पष्ट खुलाई प्रस्ताव पेश गर्न सक्नेछन् ।