सूर्योदय वोमि लघुवित्तको एक लाख कित्ता बढी शेयर बिक्रीमा

१६ जेष्ठ २०८०, मंगलवार १०:३३

काठमाडौं । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको १ लाख ८ हजार कित्ता शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य २३७ रुपैयाँ तोकिएको छ । यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

बोलपत्र पेस गर्दा न्यूनतम १ सय कित्ता र अधिकतम माथि उल्लेखित सम्पुर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

शेयर खरिदका लागि यही जेठ २३ गतेसम्म बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको काठमाण्डौको ट्रेड टावर नेपालमा कार्यालयमा आवेदन पेस गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*