पुँजि बजारलाई निरूत्साहित गरिएको छैनः अर्थमन्त्री डा. महत

१६ जेष्ठ २०८०, मंगलवार १५:०७

काठमाडौं । अर्थमन्त्री डा. महतले पुँजि बजारलाई निरूत्साहित हुने गरी कुनै कुरा नराखिएको बताएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले पुँजि बजारलाई निरूत्साहित हुने गरी कुनै कुरा नराखिएका बताएका हुन् ।

उनले पुँजिबजारमा देखिएका समस्याको समाधान गर्ने गरी बजेटमा समावेश गरेको भन्दै उनले आगामी दिनमा बजेटमा उल्लेख भएका सबै बुँदा कार्यान्वयन आफू प्रतिवद्ध रहेको बताए ।

अर्थ विधेयकमा पुँजीबजारसँग सम्बन्धित व्यवस्थालाई प्रस्ट पार्दै यस्तो धारणा राखेका हुन्। ‘लगानीकर्तालाई छुट दिइएको छ’, उनले भने, ‘लगानीकर्ताको हित हुने व्यवस्था गरिएको छ। तर लगानीकर्ताले बुझेनन्, जसको कारण विरोध गरेको उनले बताए ।

सरकारले पुँजीबजारसँग सम्बन्धित ल्याएको करसँग सम्बन्धी व्यवस्थाहरु र त्यसमा दिइएको छुटका विषयमा नबुझेको अर्थमन्त्री महतले बताए। ‘थप कर लिन नभई बजारलाई पारदर्शी बनाउने खाले व्यवस्था ल्याइएको छ’, अर्थमन्त्री महतले भने, ‘अहिले ल्याइएको व्यवस्थाबारे नबुझेर बजार प्यानिक भएको हो, यसबारे लगानीकर्तालाई बुझाउने प्रक्रिया जारी छ’, उनले भने।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*