दुई लघुवित्तको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
१६ जेष्ठ २०८०, मंगलवार १५:०८
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज शेयर बजार ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ । नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको छ ।
आज शेयर बजारमा उच्च अंकले गिरावट आएतापनि आत्मनिर्भर लघुवित्त र बिपिडब्लु लघुवित्तको शेयर मूल्यमा सर्किट लागेको छ । यसका साथै, गरिमा डिभेन्चर, जोशी हाइड्रोपावर, मेगा म्युचअल फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।