मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्बाधिक गुमाए

१६ जेष्ठ २०८०, मंगलवार १५:१५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा उच्च अंकले गिराबट आएको छ । आज शेयर बजार ५३.१६ को अंकले घटेर १८८८ को बिन्दुमा कायम भएको छ ।नेपाल सरकारले प्रस्तुत गरेको बजेटले पुँजी बजारमा असर परेको छ ।

आज शेयर बजारमा उच्च अंकले गिरावट आएसँगै केहि कम्पनीहरको शेयरमूल्य घटेको छ । आज स्वीत गंगा हाइड्रोपावर र सिटिजन्स म्युचुअल १ को शेयरमूल्य सर्बाधिक घटेको छ । यसका साथै, सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, आदर्श लघुवित्त लगायतका अन्य कम्पनीको शेयरमूल्य घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*