नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

१६ जेष्ठ २०८०, मंगलवार १५:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको १५ प्रतिशत दरका कुल २ लाख ५५ हजार ६५५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*