पेस्तोल बोकेका तीन जना बैंकको काउन्टर छिरे, कर्मचारी र ग्राहकलाई नियन्त्रणमा लिएर पैसा पोको पारेर भागे

१६ जेष्ठ २०८०, मंगलवार १६:०४

काठमाडौं । आज अपरान्ह महोत्तरीमा भएको एनएमबी बैंक लूटपाटमा ३ जना युवाहरुले गरेको भिडियोमा देखिएको छ । हतियारसहित आएका ३ जनाको समुह मध्ये सबैभन्दा पहिलो एक जना भित्र छिरेर काउन्टरबाट ग्राहकलाई निकालेर लाइन लगाउँछन्, त्यसपछि उनी काउन्टरमा छिर्न नपाउँदै थप दुई जना भित्र छिरेर सम्भावित प्रत्याक्रमण रोक्छन् ।

बैंकको काउन्टरमा पुगेका दुई जना व्यक्तिले सेतो रुमालमा अन्दाजी २०।२५ जति देखिने पोको बोकेर बाहिरिन्छन् । तर, बैंक स्रोतले ३५ लाख रुपैयाँ लूटपाट भएको जनाएको स्थानीयबासीले जनाएका छन् ।

रकम लिने व्यक्ति सबैभन्दा अगाडि लागेर बैंकबाट बाहिरिन्छन् भने अन्तिममा रहेका व्यक्तिले पेस्तो ठाडो पारेर गेटमा रहेको एउटा कपडा समेत लिएर भागेका थिए । जम्मा चार जनाको संलग्नतामा उक्त बैंक लूटपाट भएको छ । लूटपाटको क्रममा हतियारधारीले निर्धक्क रकम लिएर भागेको देखिएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*