युनिक नेपाल लघुवित्तको एफपीओमा आजसम्म आवेदन दिन पाउने

१७ जेष्ठ २०८०, बुधबार ०९:५३

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेको छ ।

लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर निष्काशन गरेको हो। साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक शेयर ९४.०१ प्रतिशत र सर्वसाधारण शेयर ५.९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो शेयर निष्काशन गरेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*