लक्ष्मी बैंकद्वारा विशेष साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

१७ जेष्ठ २०८०, बुधबार १०:१३

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । बैंकको जेठ १६ गतेका दिन बसेको संचालक समितिको बैठकको निर्णयले सभा असार ३ गते काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा आह्वान गरेको हो । विशेष साधारण सभा विहान ११ बजेबाट सुरु हुने बैंकले जनाएको छ ।

सभाले लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिने (मर्जर)सम्बन्धी सञ्चालक समितिको विशेष प्रस्ताव पारित गर्नेछ । मर्जर प्रयोजनका लागि मूल्यांनकर्ताले तयार गरेको बैंकको चल तथा अचल सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनबमोजिम सिफारिस गरिएको १ः१ शेयर स्वाप रेसियो पनि सभाले पारित गर्ने छ ।

मर्जर सम्बन्धमा गरिने अन्तिम सम्झौतापत्र तथा अन्य सम्बद्ध सम्झौताहरुको सभाले अनुमोदन गर्ने विशेष प्रस्ताव पनि स्वीकृत गर्नेछ । मर्जरपश्चात परिवर्तन हुने शेयर पुँजीअनुकूल बैंकको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।

मर्जरपश्चात बन्ने बैंकको नाम ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’ रहने र प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका अजयविक्रम शाह हुने सहमति भएको छ ।

विशेष साधारणसभा प्रयोजनार्थ बैंकले जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ २५ गतेसम्म कायम रहने सेयरधनीमात्र सभामा भाग लिन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*