हिमालयन बैंकले आफ्नो स्वामित्वको सवारी साधन लिलाम गर्ने
१७ जेष्ठ २०८०, बुधबार १०:२९
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सवारी साधन लिलाम गर्ने भएको छ । बैंकले सुन्धारा सिटिसी मलमा रहेको शाखा कार्यालयको मारुती सुजुकी ‘इको ५ सिटर’ सवारी साधन बिक्री गर्ने भएको हो ।
उक्त सवारी साधन खरिद गर्न चाहाने व्यक्ति, संस्था वा फर्मले जेठ १७ गतेदेखि जेठ ३१ गतेसम्म हिमालयन बैंकको कर्पोरेट कार्यालय कमलादी, काठमाडौंमा शिलबन्दी प्रस्ताव पेश गर्न सक्नेछन् ।