कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, न्युनतम ११० रुपैयाँमा जो कोहिले आवेदन दिन सक्ने

१७ जेष्ठ २०८०, बुधबार १०:३४

काठमाण्डौ । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैकले संस्पापक समुहको ७१ हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथ इच्छुक जो कोही व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्ने बैंकले जनाएको छ । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

सो शेयरमा न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।

बोलपत्र काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति जेठ २३ गतेसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*