सामुदायिक र विपिडब्लु लघुवित्तबीचको मर्जरलाई सेबोनको स्वीकृति

१७ जेष्ठ २०८०, बुधबार १२:४६

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सामुदायिक लघुवित्त र विपिडब्लु लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई पूर्व स्वीकृति प्रदान गरेको छ ।

यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धमा जेठ ३ गतेको पत्रानुसार सेबोनले दुबै संस्थालाई एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जान पूर्व स्वीकृति दिएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका, २०७९ बमोजिम सेबोनले सामुदायिक र विपिडब्लु लघुवित्तलाई पूर्र्व स्वीकृति प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*