सिटिजन्स बैंकको ११ लाख कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य १३५ रुपैयाँ

१७ जेष्ठ २०८०, बुधबार १४:२४

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनी तारा विष्टले ११ लाख कित्ता शेयर बिक्री गर्न निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य १३५ रुपैयाँ तोकेको छ । यसर्थ बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयर खरिद गर्न चाहाने बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्न सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*