तीन वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१७ जेष्ठ २०८०, बुधबार १५:०४

काठमाडौं । बुधबार शेयरबजारमा भारि गिरावट आएको छ । नेप्से सूचक आज ३८ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा उच्च अंकको गिरावट आएपनि लगानीकर्ताहरुले धमाधम शेयर खरिद माग गरेका कारण कारोबार रकम भने उच्च नै देखिएको छ । शेयरबजारमा आज २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक प्रभुृ बैंकको प्रोमोटर शेयरको ३४ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ११ करोड ६५ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६ करोड ५१ लाख, एनआइसी एशिया बैंकको ६ करोड ६ लाख रुपैयाँ र तारागाउँ रिेजेन्सी होटलको ४ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*