युनिक नेपाल लघुवित्तको एफपीओमा १४ लाख बढीको आवेदन

१८ जेष्ठ २०८०, बिहीबार १०:५२

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि आज १७ गते निष्काशन गरेको एफपीओमा १४ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन बुधबार साँझ ५ः०२ बजेसम्ममा १४ लाख ४ हजार ७ आवेदनबाट एक अर्ब ६३ करोड ३ लाख २ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ३ हजार २० कित्ता शेयरको लागि आवेदन परेको हो । यो लघुवित्तले कुल निष्काशन गरेको ३ लाख ७९ हजार ४२५ कित्ता शेयरको ४२।९६ गुणा बढी हुन आउँछ ।

लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता निष्काशन गरेको हो ।

साविकको युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्ज भई बनेको यस लघुवित्तमा संस्थापक शेयर ९४।०१ प्रतिशत र सर्वसाधारण शेयर ५।९९ प्रतिशत भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने गाभिनेका लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम सो शेयर निष्काशन गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । जसमा संस्थापक समूहको शेयर स्वामित्व ७० प्रतिशत रहनेछ भने सर्वसाधारणको ३० प्रतिशत रहनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*