किसान लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी सजल खड्कालाई

१८ जेष्ठ २०८०, बिहीबार १२:३५

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव नवराज पोखरेलले राजिनामा दिएका छन् । कम्पनी सचिव पोखरेलले सो पदबाट दिएको राजिनामा संचालक समितिको जेठ १७ गतेको बैठकले स्वीकृत गरेको छ ।

साथै सोही बैठकबाट जेठ १८ गतेदेखि लागू हुनेगरी संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई कम्पनी सचिवको जिम्मेवारी दिइएको छ ।

One thought on “किसान लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी सजल खड्कालाई

  1. D.B. khadka (Dharan) says:

    धेरै राम्राे उर्जाशिल, लगनशिल युवा कम्पनिकाे उत्ताेरतर प्रगतिकाे कामना

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*