प्रभु बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१८ जेष्ठ २०८०, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।

शेयरबजारमा सामान्य सुधार देखिएपनि कारोबार भने अघिल्ला दिनहरुको तुलनामा घट्न पुगेको छ । आज शेयरबजारमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर २३ करोड २१ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*