नबिल बैंकले साविक नेपाल बंगलादेश बैंकका कार्ड प्रयोगकर्ताहरुका लागि जारी गर्यो यस्तो सूचना

१८ जेष्ठ २०८०, बिहीबार १७:५१

काठमाडौं । नबिल बैंक लिमिटेडले साविक नेपाल बंगलादेश बैंक लिमिटेडका ग्राहकहरुलाई सूचना जारी गरेको छ । बैंकले साविक नेपाल बंगलादेश बैंकका डेबिट।क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई यहि जेठ ३२ गतेदेखि लागू हुनेगरी पुराना डेबिट।क्रेडिट कार्डहरु मान्य नहुने जनाएको छ ।

साथै निर्बाध बैंकिङ सेवाहरू सुनिश्चित गर्न बैंकले उक्त कार्डहरूको सट्टामा नबिल स्मार्ट कार्ड जारी गरेको जनाएको छ । उक्त नयाँ कार्ड यस वर्षको लागि मात्र पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकले सम्बन्धीत कार्ड प्रयोगकर्ताहरुलाई नबिल स्मार्ट कार्ड लिन आ–आफ्नो शाखाहरूमा गएर बुझ्न अनुरोध गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*