नेशनल माइक्रोफाइनान्सको बार्षिक साधारणसभा असार ३ गते, बुक क्लोज कहिले ?

१९ जेष्ठ २०८०, शुक्रबार ०८:२७

नेशनल माइक्रोफाइनान्सले साधारणसभा डाकेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।कम्पनीले असार ३ गते धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले समिट लघुवित्त संस्थासँग मर्जरलाई पारित गर्नेछ ।

साथै, नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच स्वाप रेसियो अनुपात १ः०।७३ कायम गर्ने, मर्जरपछि राष्ट्रिय शिखर सम्मेलन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गतेदेखि असार ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*