कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच सम्झौता

१९ जेष्ठ २०८०, शुक्रबार १०:३६

काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ्ग स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकरुले काठमाडौंको बौद्ध र टुसाल स्थित प्रारम्भ ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने उत्कृष्ट ड्राईभिङ्ग तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । ड्राईभिङ्ग स्कुलले प्रदान गर्ने ड्राईभिङ्ग तालिमहरुमा बैंकका ग्राहकहरुले १२ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा सो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*