कुमारी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
१९ जेष्ठ २०८०, शुक्रबार ११:०६
कुमारी बैंकले लिलामी .सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।उक्त लिलामी सेयरमा आजसम्म आवेदन दिन पाउनेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। उक्त सेयरमा संस्थापक सेयरधनी तथा अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठत संस्थाहरुले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा १ हजार गुणानमा वा सम्पूर्ण कित्ताका लागि धितोपत्र बिक्री प्रबन्धक काठमाडौंको कमलपोखरीस्थित सनराइजन क्यापिटलमा खरिद आवेदन दिन सकिनेछ।