डिप्रोक्स र आदर्श लघुवित्तको मर्जरलाई कम्पनी रजिष्टार्ड कार्यालयको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

१९ जेष्ठ २०८०, शुक्रबार १२:४५

काठमाडौं । डिप्रोक्स लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई कम्पनी रजिष्टार्डको कार्यालयले अन्तिम स्वीकृति प्रदान गरेको छ ।

डिप्रोक्स र आदर्श लघुवित्तले आ–आफ्नै साधारण सभाबाट मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरि मर्जर प्रक्रिया अघि बढेको हो । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले यी दुई संस्थाको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेपछि कम्पनी रजिष्टार्डको कार्यालयले पनि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

अन्तिम स्वीकृतिपश्चात् स्रोतका अनुसार यी दुई लघुवित्तले असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्नेछ । चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टार्ड कार्यालय भएको डिप्रोक्स लघुवित्त र काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टार्ड कार्यालय रहेको आदर्श लघुवित्तबीच गत चैत १३ गते प्रारम्भिक सम्झौता भएको हो । मर्जपछि बन्ने संस्थाको केन्द्रीय कार्यालय भरतपुर चितवनमा रहने संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*