शाखा कार्यालय स्थानान्तरणका लागि घर बहालमा खोज्दै हिमालयन बैंक

१९ जेष्ठ २०८०, शुक्रबार १३:०३

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो भैसेपाटी शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले उक्त शाखा स्थानान्तरण गर्नका लागि घर बहालमा खोजेको छ ।

बैंकले हाल ललितपुर महानगरपालिका वडा नं. २५, भैसेपाटी कार्यालय भैसेपाटी बजारक्षेत्रको १०० मिटर वरिपरि स्थानान्तरण गर्न घर बहालमा खोजको हो । उक्त घरको क्षेत्रफल करि २ हजार वर्गफिट हुनुपर्ने बैंकले जनाएको छ ।

सो क्षेत्रका घर भाडामा दिन इच्छुक घरधनीहरुले १५ दिनभित्र बैंकले तोकेको कागजातहरु संकलन गरी बैंकको केन्द्रीय कार्यालय सामान्य प्रशासन विभाग, कमलादीमा प्रस्ताव पेश गर्न सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*