नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनी पुगे कारोबार सञ्चालनको अनुमतिका लागि नेप्से

१९ जेष्ठ २०८०, शुक्रबार १३:१५

काठमाडौं। नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीले कारोबार सञ्चालनका लागि नेप्सेमा आवेदन दिएको छ ।

नेपाल धितोपत्र बोर्ड ले नयाँ ब्रोकर सञ्चालनका लागि आशयपत्र पाएका ४३ वटा कम्पनीमध्ये पहिलो चरणमा गत जेठ ८ गते भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालयन ब्रोकरेज लिमिटेड, सन सेक्युरिटिज प्रालि, मियो सेक्युरिटिज प्रालि, शेयरप्रो सेक्युरिटिज प्रालि र प्रोपर्टी विजार्ड लिमिटेडलाई ब्रोकर लाइसेन्स प्रदान गरेको थियो। तिनै ब्रोकर लाइसेन्स पाएका कम्पनीहरुले कारोबार सञ्चालन गर्न नेप्सेमा सदस्यताका लागि निवेदन दिएको नेप्सेले जनाएको छ ।

अब नेप्सेले प्राविधिक पक्ष हेरेर नयाँ सदस्यता प्रदान गर्ने भएको छ।

ती कम्पनीहरुले नेप्सेबाट नयाँ सदस्यता पाएपछि नेप्सेकै टीएमएसमार्फत सेवा सुरु गर्ने बताइएको छ। ती कम्पनीहरुले सेबोनबाट चुक्तापुँजीका आधारमा सीमित कार्य गर्ने नयाँ ब्रोकर कम्पनीको लाइसेन्स पाएका छन्।

सेबोनले आशयपत्र प्रदान गरेका ४३ कम्पनीहरुमध्ये एउटा स्टक डिलर, ३ वटाले पूर्ण कार्य गर्ने र ३९ सीमित कार्य गर्ने ब्रोकर कम्पनीको लाइसेन्सका लागि आवेदन दिएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*