यो साता १२ लघुवित्तको शेयर मूल्य १ हजार माथि, १६ को शेयर मूल्य घट्यो, अन्यको अवस्था कस्तो ?

२० जेष्ठ २०८०, शनिबार ०७:१२

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को बजेटको सार्वजनिक भएसँगै पुँजिबजारमा छुटै तंरग मच्चिएको छ ।यो साताको नेप्से रिर्पोट हेर्दा १२ कम्पनीको शेयर मूल्य १ हजार भन्दा माथि रहेको छ। यीमध्ये पनि नेष्डो लघुवित्तको भने शेयर मूल्य २ हजार माथि रहेको छ।नेष्डो लघुवित्तले अदालतमा लगानीकर्तालाई उचित लाभांश दिन राष्ट्र बैंकसँग टक्कर गर्दै अदालतसम्म मुद्धा लिएर पुगेको छ । यस बिषयमा लगानीकर्ताहरुले खुलेर कम्पनीको तारिफ समेत गरेको छ।

लगानीकर्ताहरु यस लघुवित्तबाट राम्रो प्रतिफल पाउने आशमा बसेको कारण पनि कम्पनीको शेयर मूल्य बढी भएको देखिन्छ ।नेप्सेको साप्ताहिक रिर्पोट अनुसार यसअवधिमा १६ लघुवित्तको शेयर मूल्य घटेको छ । साताको अन्तिम दिन बिहिबार सबै समूहको शेयर बढेकोमा होटल, बीमा र जलविद्युत् समूहको शेयर उच्च अंकले उकालो लागेको छ । लघुवित्तको उपसूचक यो साता ०।७२ प्रतिशतले बढेर बन्द भएको छ ।

साताको अन्तिम कारोबारको दिन २ सय ७२ वटा कम्पनीका ६१ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ।

नेष्डो लघुवित्तको शेयर मूल्य दोस्रो बजारमा सबैभन्दा धेरै शेयर मूल्य भएको कम्पनीमा पर्दछ । कम्पनीको शेयर मूल्य २ हजार माथि रहेको छ।
त्यस्तै, आत्मनिर्भर लघुवित्तको १८९२, महिला लघुवित्तको १८०२, जालपा लघुवित्तको १५४०, जीवन विकास लघुवित्तको १४१८, सिवाईसी लघुवित्तको १३४५, उपकार लघुवित्तको १२८०, युनिक लघुवित्तको १२३०, आर्दश लघुवित्तको ११९०, नेशनल माईक्रोफाइनान्सको ११६९, फर्वाड माईक्रोफाइनान्सको ११२१ र श्रीजनशील माईक्रोफाइनान्सको ११२० रहेको छ।

बाँकि अन्य लघुवित्तहरुको शेयर मूल्य १ हजार मुनि नै रहेको छ।, सूचीकृत कम्पनीहरुको शेयर मूल्य सबैभन्दा थोरै ग्रामीण विकास बेंक र विपिडब्लुको रहेको छ । यी दुई लघुवित्तको शेयर मूल्य ४ सय मुनि रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*