समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२१ जेष्ठ २०८०, आईतवार ०९:३२
काठमाण्डौं । समीट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज जेठ २१ गते अन्तिम दिन रहेको छ ।
संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थको लागि जेठ २२ गतेबाट साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ जेठ २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको बनेपास्थित अरनिको पार्टीप्यालेसमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७८।७९को मुनाफाबाट १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।