नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

२१ जेष्ठ २०८०, आईतवार १२:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तको २६ प्रतिशत दरका कुल ३२ लाख २६ हजार ७७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले दोस्रो बजारमा कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*