पाँच कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२१ जेष्ठ २०८०, आईतवार १५:०९

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ५३.३ अंकले बढेर १९१९ को बिन्दुमा कायम भएको छ ।

आम शेयर लगानीकर्ता र सरकारबीच सहमती भएपश्चात शेयर बजार उच्च अंकले बढेको हो । आज शेयर बजार बढेसँगै पाँच कम्पनीको शेयरमूल्यमा सर्किट लागेको छ ।आज एकीकृत कारोबार पश्चात पहिलो दिन शेयर कारोबार भएको आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, सामुदायिक लघुवित्त, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १, सोल्टी होटल र तारागाँउ रिजेन्सी होटलको शेयरमूल्यमा सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*